चिकित्सा शिक्षामा ४१८ सीट थप, निजी कलेजको यथावत् (विवरण सहित)

112
Shares

काठमाडौं, ३० असोज । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४ सय १८ सीट वृद्धि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६ सय ९१ सिट निर्धारण गर्दै सो निर्णय गरेको हो । यो सङ्ख्या गत वर्षभन्दा ४ सय १८ ले बढी हो।

सीट निर्धारण प्रक्रियाका लागि देशभरका कुल ९० वटा शिक्षण संस्थाले स्व-मूल्याङ्कन फाराम भरेर सीट माग गरेका थिए।

विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमनको प्रतिवेदनलाई आधार बनाएर ९० मध्ये ८४ वटा शिक्षण संस्थालाई यस वर्ष सीट निर्धारण गरिएको छ।

आयोगका सदस्य सचिव हरिप्रसाद निरौलाका अनुसार, कार्यक्रमगत हिसाबले एमबीबीएसतर्फ गत वर्षको तुलनामा कुल ११० सीट वृद्धि गरिएको छ। जसअन्तर्गत सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले एमबीबीएसका लागि ५० सीट प्राप्त गरेको छ।

यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०-३० सीट थप गरिएको छ।

‘निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सीट वृद्धि गरिएको छैन । एमबीबीएसमा बढेको सीट सरकारी संस्थाको मात्र हो,’ सदस्य सचिव निरौलाले बताए ।

उनका अनुसार, एमबीबीएसबाहेक अन्य विधामा पनि सीट बढाइएको छ।

बीएससी नर्सिङतर्फ गत वर्षको तुलनामा २ सय १० सीट वृद्धि गरिएको छ भने बीएमएसमा ९८ सीट थप गरिएको छ।

हेर्नुहोस कसलाई कुन विषयमा कति सिट ?

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *