प्रधानमन्त्री पत्नी सविना काफ्लेको टिचिङ अस्पतालमा एपेन्डिसाइटिसको सफल शल्यक्रिया

60
Shares

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा आज बिहान करिब ४ बजे वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीर सिंह कंसाकार नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो।

शल्यक्रिया को समयमा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं अस्पतालमा उपस्थित थिए।

उनलाई अहिले त्रिविको भिआईपी क्याविन ५०१ मा राखिएको छ ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई राती करीव १ बजे तिर अस्पताल लगिएको थियो ।

चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *