लामो समयदेखि अनुपस्थित भएका सातौँ तहका दुई जना स्टाफ नर्समाथि कार्वाही प्रक्रिया अघि बढाउँदै वीर अस्पताल

300
Shares

काठमाडौं, ३१ भदौ । लामो समय विना जानकारी अनुपस्थित भएको भन्दै वीर अस्पताल प्रशासनले आफ्ना दुई जना स्टाफ नर्ससंग स्पष्टीकरण मागरेको छ । अस्पतालले आज एक सूचना जारी सातौँ तहका दुई जना स्टाफ नर्ससंग १५ दिनको समयसिमा तोकेर स्पष्टीकरण मागेको हो ।

त्यसरी स्पष्टीकरण मागिएकाहरुमा सुनितासिंह डंगोल र सुनिता थापा हुन् । उनीहरुमध्ये २०८२ असोज १९ गतेदेखि र थापा २०७९ असोज २८ गतेदेखि विना जानकारी अस्पतालमा अनुपस्थित रहेका छन् ।

सामान्य त विदा स्वीकृत नगराई लगातार ६० दिन बढी अनुपस्थित रहेपछि विभागीय कार्वाही प्रक्रिया अघि बढ्ने गर्दछ । यी दुई नर्सका विषयमा पनि अस्पतालले विभागीय कार्वाही किन नगर्ने ? नगर्ने भए १५ दिन भित्र सफाई पेश गर्नु भनेर स्पष्टीकरण सोधेको छ ।

प्रशासनले तोकिएको अवधिभित्र स्पष्टीकरण पेस नगरेमा नियमावलीअनुसार आवश्यक कारबाही अघि बढाइने समेत भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *