कर्णालीमा चार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

काठमाडौँ, २४ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.धर्मदत्त सुवेदी,रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा.सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा.विनम्र विष्ट नियुक्त भएका हुन्।
नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ,रजिस्ट्रारमा डा.ममता भट्टराई कोइराला र डिनमा डा.विकास विक्रम सिंह अधिकारी नियुक्त भएका हुन्।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई जिम्मेवारी इमानदारी,पारदर्शिता र सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरिन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



