एबीसी हेल्थ केयरका कार्यकारी निर्देशक चन्दलाई भारतमा सम्मान

0
Shares

नयाँ दिल्ली २४ भदौ । ग्लोबल मेडिकल टुरिजमका क्षेत्रमा उत्कृष्ठ कार्य गरेको भन्दै एबीसी हेल्थ केयर सोलुसन्स प्रालिका संस्थापक तथा कार्यकारी निर्देशक अर्जुनबहादुर चन्दलाई भारतमा सम्मान गरिएको छ ।

नयाँ दिल्लीस्थित भारत मण्डपमममा सोमबार देखि जारी सञ्जीवनी २०२६ अन्तर्राष्ट्रिय स्वास्थ्य तथा वेलनेस कार्यक्रम समापनको अवसरमा उनलाई सम्मान गरिएको हो ।

फाउण्डेसन अफ हेल्थकेयर तथा वेलनेसका अध्यक्ष दिलिपकुमार चोपराले उनलाई सम्मान गरेका हुन् । त्यस अवसरमा नेपालको मेडिसिटी अस्पतालसहित विभिन्न देशका २९ जनालाई सम्मान गरिएको थियो ।

एबीसी हेल्थ केयरका चन्द करीव दुई दशक देखि नेपाल र ग्लोबल मेडिकल टूरिजमको क्षेत्रमा सक्रिय छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *