शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणले पनि गति लिन थाल्यो
कलेजोको ३९ औँ प्रत्यारोपित बुधबार डिस्चार्ज, ४० औँ प्रत्यारोपण आउने हप्तामा हुने

भक्तपुर, २० भदौ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो समय कलेजो प्रत्यारोपणमा समेत गति लिएको छ । केन्द्रले पछिल्लो डेढ महिनामा तीनवटा कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।
पछिल्लो पटक गत ८ भदौँमा केन्द्रमा कलेजो प्रत्यारोपण गराएका बाल गोविन्द यादव दशौँ दिन पछि अर्थात १७ भदौमा अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई आफ्नै श्रीमती मिनाकुमारी यादवले कलेजो दान गरेकी हुन् ।
कलेजो दान दिएकी यादव आठौँ दिनमा अर्थात १५ गते नै डिस्चार्ज भएकी थिईन् । अस्पतालका अनुसार सर्लाहीका ३७ वर्षीय बाल गोविन्दलाई उनकी श्रीमती ३३ वर्षीया मिनाकुमारीले आधा कलेजो दान गरेकी थिईन ।
कलेजो प्रत्यारोपणको नेतृत्व अहिले डा रामबाबु साहले गरेका छन् । तर केन्द्रले बिरामी सुरक्षाका लागि भन्दै प्रत्यारोपणका बेला भारतबाट विज्ञ चिकित्सक पनि ल्याउने गरेको छ ।
‘कलेजो प्रत्यारोपण निकै जटिल प्रत्यारोपण हो, त्यसैले अहिलेसम्म हामीले भारतबाट अनुभवी प्रत्यारोपण सर्जनलाई पनि ल्याउने गरेका छौँ । पहिले टोली नै ल्याउँथ्यौँ अहिले प्रत्यारोपणका बेलामा एक जना आउने गर्नुहुन्छ । नेपाल मेडिकल काउन्सिलबाट अस्थायी नाम दर्ता गरी प्रत्यारोपणका लागि असिस्ट गर्नु हुन्छ । उताबाट आउने विज्ञहरुको निगरानीमा हाम्रै टोलीले प्रत्यारोपण गर्दै आएको छ,’ निर्देशक डा. कल्पनाले भनिन् । उनले आगामी सोमबार पनि केन्द्रमा थप नयाँ कलेजो प्रत्यारोपण हुने जानकारी दिईन ।
कजेजो प्रत्यारोपणमा खटिएको टोली

अस्पतालका अनुसार कलेजो प्रत्यारोपणको नेतृत्व डा . साहले गर्ने गरेका छन् । पछिल्लो पटक भएको प्रत्यारोपणमा डा. साहको नेतृत्वमा डा रोशन घिमिरे, डा.लोचन श्रेष्ठ, डा रुजेन बज्राचार्य, डा. मिलन श्रेष्ठ, डा अमित यादव खटिएका थिए ।
यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरका विभागीय प्रमुख डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा, रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल, डा सन्देश खाउजु, डा. रिती फुँयाल लगायत खटिएका थिए ।
यस्तै रेडियोलोजी विभागबाट विभागीय प्रमुख डा कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा हितेश रायमाझी, डा. जि एलीन र इन्दु मिमिरे लगायतको टिम सहभागी भएका थिए ।
कार्डियोलोजी विभागबाट विभागीय प्रमुख डा. प्रवेश न्यौपाने, डा सचिन लामिछाने सहभागी थिए भने प्याथोलोजीबाट विभागीय प्रमुख डा सबिना श्रेष्ठ, डा सुस्मिता मिमिरे, ल्याब इन्चार्ज विन्दिरा जोशी लगायतको टिम सहभागी थिए ।
ठूलो मानिने यो सर्जरीमा ग्याँस्ट्रोइन्टरोलोजी विभागबाट विभागीय प्रमुख डा कर्ण राजवंशी, डा शेखर पौड्याल पल्मोनोलोजी डा राजेश किशोर यादव सहभागी थियो ।
अस्पतालले निमित्त नर्सिङ्ग निर्देशक सनिषा कार्कीको नेतृत्वमा नर्सिङ्ग इन्चार्जहरु बबिता लवजु, एलिसा श्रेष्ठ, मञ्जु भट्टराई, अनिता कार्की, निरु सुवाल, मिना खर्बुजा ओटी नर्स कामना बोगटी, विनिता कुटु, सबिया नागा, सुवेक्षा शाक्य, केलिना केसी, बन्दना राई, रविना पक्का, शोनिया गिरी, ज्योति के।सी, सुदिमा रावत, कृष्टिना प्रजापती, अंशुमा दाहाल, आइ सि यु नर्स अर्पना सेन, जयन्ती ताम्राकार, देवजना श्रेष्ठ, सजना कासुला, अनु बज्राचार्य, जानुका सुनार, सिता मैया अवाल सहभागी भएको जनाएको छ ।
यसैगरी अप्रेसन व्यवस्थापनको जिम्मा अमर महर्जन, रामचन्द्र पौडेल, युनिशा खाइतु र गणेश राम कोजु लगायतको टिमले गरेको समेत उल्लेख गरेको छ ।
स्थापनाको १४ वर्षको अवधीमा सो प्रत्यारोपण केन्द्रले एक हजार ६८० जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



