भक्तपुर क्यान्सर अस्पतालद्वारा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निशुल्क उपचार गर्ने घोषणा

168
Shares

काठमाडौँ, १८ भदौ । भक्तपुर क्यान्सर अस्पतालले भोटेकोशी त्रिशुली बाढीबाट प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निशुल्क उपचार गर्ने बताएको छ ।

गत १० भदौमा आएको विनाशकारी बाढीले सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका नदि किनार क्षेत्रका कुनै पनि व्यक्तिमा क्यान्सर लागि उपचारमा रहेको भए अस्पतालले निशुल्क उपचार गरिदिने बताएको हो ।

अस्पतालले अहिले पनि क्यान्सर बिरामीका लागि १० प्रतिशत बेड र उपचार सेवा निशुल्क गरेको छ । अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार बाढी प्रभावित क्षेत्रका बिरामीका लागि बेड शुल्क, ल्याव परीक्षण शुल्क र अक्सिजन शुल्क निशुल्क हुने छ । यस्तै उपलव्ध भएसम्मका औषधीहरु समेत निशुल्क गराईने छ ।

यस्तै विपन्न, असाहाय, वेसाहारा बिरामीहरुलाई नेपाल सरकराले प्रदान गर्ने सबै प्रकारका क्यान्सर उपचारको सुविधाहरुमा विपन्न, स्वास्थ्य बीमा, प्रदेशले प्रदान गर्दै आएको सुविधा पनि लिन सकिने अस्पतालले जनाएको छ । त्यसका लागि अस्पतालको सामाजिक सेवा ईकाई वा प्रशासन शाखामा सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

अस्पताल प्रशासन द्धारा जारी सूचनामा सुविधा लिनका लागि सम्पर्क व्यक्तिहरुको पद र सम्पर्क नम्बर समेत उपलव्ध गराएको छ ।

ठूलो जनधनको क्षति हुने गरी आएको भोटेकोशी त्रिशुली बाढीबाट बाँचेकाहरुको उद्दार तथा राहत र पुर्नस्थापनका लागि स्वास्थ्य सम्वद्ध संस्था तथा व्यक्तिहरुले आर्थिक भौतिकसंगै औषधी र उपचार सहयोगको घोषणा गर्ने क्रम जारी छ ।

भक्तपुर क्यान्सर अस्पतालको यो सुविधाले बाढीबाट प्रभावित हजारौँ व्यक्तिहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *