भारत:

अस्पतालको एनआईसीयूमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

मुम्बई । अमरावती जिल्लाको एक महिला अस्पतालको एनआईसीयूमा भिषण आगलागी हुँदा उपचारमा रहेका तीन जना बालबालिकाको जलेर मृत्यु भएको छ । घटनामा अरु छ जना बालबालिका गम्भीर घाइते भएका छन् ।

अस्पतालको तेस्रो तलामा रहेको एनआईसीयूमा आज विहान साढे ३ बजे आगलागी भएको थियो ।

अस्पतालका कर्मचारीहरुले भेन्टिलेटर मेसिनमा विस्फोट भएपछि आगलागी सुरु भएको बताएका छन् । तर अहिलेसम्म त्यसको पुष्टि हुन सकेको छैन । अस्पताल प्रशासनले घटनाको विषयमा जाँच सुरु गरिएको बताएको छ ।

जिल्लाको सो सरकारी महिला अस्पतालको एनआईसीयू वार्डमा ३९ बच्चा उपचारमा थिए ।

विहान आगलागी हुनासाथ डिउटीमा रहेका डाक्टर तथा नर्सहरुले उद्धार कार्य गरेका थिए ।

आगलागीमा परि गम्भीर घाइते बालबालिकाहरुलाई अर्कोसुरप स्पेश्यालिटी अस्पतालमा रिफर गरी उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *