पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त विभिन्न पाँच पद पदका लागि २४ जनाको आवेदन

ललितपुर, २६ साउन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको विभिन्न पदका लागि २४ जनाको आवेदन परेको छ । प्रतिष्ठानमा रिक्त रहेको रेक्टर, रजिस्ट्रार, डिन तथा अस्पताल निर्देशक पदका लागि २४ जना उम्मेदवार अल्प सूचीमा परेको हो ।
प्रतिष्ठानले प्रकाशित गरेको पदपूर्ति सम्बन्धी सूचनाका आधारमा प्राप्त आवेदनको मूल्याङ्कनपछि छनोट समितिले विभिन्न पाँच कार्यकारी पदका लागि उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।
प्रतिष्ठानले सोमबार प्रकाशित गरेको सूचनाअनुसार रेक्टर पदका लागि बाबुराजा महर्जन र विष्णुप्रसाद शर्मा अल्प सूचीमा परेका छन् ।
त्यस्तै, रजिस्ट्रार पदका लागि डा. अरुण शाही, बद्रीबहादुर खड्का, लिला राज आचार्य, प्रकाशचन्द्र खड्का र तीर्थराज भुजेल छनोट छनोट भएका छन् ।
स्कुल अफ मेडिसिनको डिन पदका लागि अरुणकुमार महत, आशिष श्रेष्ठ, डबलबहादुर धामी, रञ्जनप्रसाद देवभण्डारी र श्रीकृष्ण महर्जन अल्प सूचीमा परेका छन् ।
अस्पताल निर्देशक पदका लागि अनिलराज ओझा, पियुषराज राजभण्डारी, राजकुमार थापा, रञ्जना शर्मा र शान्तवीर महर्जन अटाएका छन् ।
यस्तै स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डिन पदका लागि बिना राना खगी, करुणा बज्राचार्य, खगी माया पुन, मनु नेपाल, निरन श्रेष्ठ, रेखा तिमल्सिना र शोभा लक्ष्मी बज्राचार्य सूचीमा परेका छन् ।
प्रतिष्ठानका अनुसार संक्षिप्त सूचीमा परेका उम्मेदवार छनोट प्रक्रियाको अर्को चरणमा सहभागी हुनेछन् । त्यस चरणमा उम्मेदवारले आफ्नो दृष्टिपत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि अन्तिम प्यानल अन्तर्वार्ता हुने प्रतिष्ठानले जनाएको छ ।
दृष्टिपत्र तथा रणनीतिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताको समय तथा स्थान सम्बन्धित उम्मेदवारलाई इमेलमार्फत जानकारी गराइएको सूचनामा उल्लेख छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत स्थापित प्रतिष्ठानमा रेक्टर, रजिस्ट्रार, डिन तथा अस्पताल निर्देशकजस्ता कार्यकारी पदको नेतृत्व चयनलाई महत्वपूर्ण रूपमा लिइन्छ ।
प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल सेवाको सञ्चालनमा यी पदको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 



