माइतीघर मण्डलामा अनसनरत डा. डिल्ली हरिजन अस्पताल भर्ना

काठमाडौँ, २० साउन । दुई दिन अघि काठमाडौँको माइतीघर मण्डला आमरण अनसन सुरु गरेका इन्टर्न डाक्टर डिल्ली हरिजनलाई अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई आज दिउसो राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।
अनसनका क्रममा अचानक स्वास्थ्यमा समस्या देखिएपछि सहकर्मी र उपस्थित व्यक्तिहरूले एम्बुलेन्समार्फत ट्रमा सेन्टर पुर्याएका हुन्।
अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्थाको परीक्षण र उपचार भइरहेको छ।
इन्टर्न चिकित्सकहरू विभिन्न माग राख्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



