सेवा शर्त सम्बन्धी कार्यविधि परिमार्जन गरेर मात्रै लागू गर्न एनएमए र गोदानको माग
काठमाडौँ, १४ माघ । नेपाल चिकित्सक संघले चिकित्सक(एनएमए) र सरकारी चिकित्सक संघ नेपाल( गोदान)ले अघिल्लो विहीबारको मन्त्रिपरिषदबाट स्वीकृत सेवा शर्त सुविधा सम्वन्धी कार्यविधि निर्देशिका सच्याउन माग गरेको छ । एनएमए र गोदानले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै कार्यविधिको केही बुँदामा असहमति र आपत्ति रहेको भन्दै सच्याउन माग गरेको हो ।
संघको विहीबार बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको महासचिव डा. लोचन कार्कीले जारी विज्ञप्तीमा भनिएको छ, ‘कार्य समय र सुविधाका विषयमा चिकित्सकहरुको असहमति र आपत्ति रहेकोले ती वुदाहरुको सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया गरी परिमार्जन गरेपश्चात मात्रै लागू गर्न नेपाल सरकारसंग माग गर्ने निर्णय गरियो ।’
यता सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले पनि सेवा सर्त सुविधा सम्वन्धी कार्यविधि निर्देशिका अपूर्ण र त्रुटिपूर्ण रहेको भन्दै स्वीकार गर्न नसकिने जनाएको छ ।
गोदानका महासचिव डा विष्णुरथ गिरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ अंतरंग सेवा नभएका तर आकस्मिक सेवा सञ्चालन गरिरहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई उक्त कार्यविधिले समेटेको छैन् । अतिरिक्त समय खटाएवापत डेढीको दरले हिसाव गर्नुपर्ने श्रम ऐनको दफा १९ को प्रावधान समेत बर्खिलाप हुने गरी कार्यविधि आएको छ ।
अघिल्लो विहीबारको मन्त्रिपरिषदको बैठकले कार्यविधि सम्वन्धी निर्देशिका पारित गरेपछि भरतपुर अस्पतालमा कार्यरत चिकित्सकहरुले कडा आपत्ती जनाएका थिए । त्यसलगत्तै देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले विज्ञप्ती मार्फत कार्यविधिको विरोध गरेका थिए ।
चिकित्सकहरुले सामुहिक रुपमा विरोध गर्न थालेपछि जेनेभामा रहेका स्वास्थ्यमन्त्री गगन थापाले चिकित्कसकै हक हीतका लागि कार्यविधि ल्याइएको भन्दै बचाउ गरेका थिए । उनले चिकित्सकहरुमा कार्यविधिको बुझाईमा केही भ्रम रहेको भन्दै बुधबार बुँदागत रुपमा स्पष्ट पार्ने कोशिश गरेका थिए ।
त्यसको भोलिपल्ट चिकित्सक संघ र सरकारी चिकित्सक संघले छुट्टा छुट्टै विज्ञप्ती मार्फत कार्यविधि परिमार्जन गरेपछि मात्रै लागू गर्न माग गरेका हुन् ।
यस्तो छ विज्ञप्ती


विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



