प्रेमसागरले मुगु पुगेर गरे आफ्नो १८७ औँ पटकको रक्तदान

काठमाडौँ, २२ असार । नेपालको स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं रक्तदान अभियन्ता प्रेमसागर कर्माचार्यले १८७ औँ पटक रक्तदान गरेका छन् । नेपालको सबैभन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाताको रेकर्ड राखेका कर्माचार्यले गत शनिबार मुगु पुगेर रक्तदान गरेका हुन् ।

उनी हालै मात्र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षमा मनोनित भएका छन् ।

​‘रगतको विकल्प केवल रगत नै हो र एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उनले मात्र १६ वर्षको उमेरदेखि यो मानवीय यात्रा सुरु गरेका थिए।

​मुगु जस्तो दुर्गम भूगोलमा पुगेर समाजको नयाँ जिल्ला शाखा विस्तार गर्नुका साथै कर्माचार्य आफैँले रक्तदान गरेर स्थानीय समुदायलाई यस परोपकारी कार्यमा लाग्न प्रेरित गरेका छन्।

यस अवसरमा विभिन्न संघ–संस्था र शुभेच्छुकहरूले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *