प्रेमसागरले मुगु पुगेर गरे आफ्नो १८७ औँ पटकको रक्तदान

काठमाडौँ, २२ असार । नेपालको स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं रक्तदान अभियन्ता प्रेमसागर कर्माचार्यले १८७ औँ पटक रक्तदान गरेका छन् । नेपालको सबैभन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाताको रेकर्ड राखेका कर्माचार्यले गत शनिबार मुगु पुगेर रक्तदान गरेका हुन् ।
उनी हालै मात्र नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षमा मनोनित भएका छन् ।
‘रगतको विकल्प केवल रगत नै हो र एक पिन्ट रगतले कसैको अमूल्य जीवन बचाउन सक्छ’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै उनले मात्र १६ वर्षको उमेरदेखि यो मानवीय यात्रा सुरु गरेका थिए।
मुगु जस्तो दुर्गम भूगोलमा पुगेर समाजको नयाँ जिल्ला शाखा विस्तार गर्नुका साथै कर्माचार्य आफैँले रक्तदान गरेर स्थानीय समुदायलाई यस परोपकारी कार्यमा लाग्न प्रेरित गरेका छन्।
यस अवसरमा विभिन्न संघ–संस्था र शुभेच्छुकहरूले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

