महाराजगञ्ज नर्सिङ क्याम्पसले मनायो आफ्नो ७० औँ बार्षिकोत्सव

24
Shares

काठमाडौँ, २० जेठ । महाराजगञ्ज नर्सिङ क्याम्पसले मंगलबार आफ्नो ७० औँ बार्षिकोत्सव मनाएको छ । सोही अवसरमा क्याम्पसले नयाँ तथा पुराना विद्यार्थीहरुलाई स्वागत एवं विदाई कार्यक्रमको आयोजना समेत गरेको छ ।

सो क्याम्पसमा तीन वर्षे ब्याचलर अफ नर्सिङ साइन्स, चार वर्षे बीएस्सी नर्सिङ तथा चार वर्षे मिडवाइ फ्री कार्यक्रम सञ्चालित छन् । यस्तै स्नातकोत्तर तहमा महिला स्वास्थ्य, वयस्क स्वास्थ्य, बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, सामुदायिक स्वास्थ्य तथा क्रिटिकल केयर नर्सिङ लगायतका विषयमा समेत अध्ययन हुँदै आएको छ ।

बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख डा देवकाकुमारी आचार्यले ७ दशकको यो अवधीमा क्याम्पसबाट उत्पादित हजारौँ नर्सिङ जनशक्तिले देशका सरकारी तथा निजी स्वास्थ्य संस्थामा मात्रै नभई अन्तराष्ट्रिय क्षेत्रमा समेत योगदान गरेको बताईन । उनले शिक्षामा गुणस्तर, अनुशासन, व्यवहारिक दक्षता र अनुसन्धानलाई प्राथमिकता दिदै क्याम्पसले विशिष्ट पहिचान स्थापित गरेको बताईन ।

पूर्व क्याम्पस प्रमुख प्राध्यापक चन्द्रकला शर्माले महाराजगञ्ज नर्सिङ क्याम्पस शैक्षिक गुणस्तरका दृष्टिले देशकै अग्रणी संस्थामध्येको एक रहेको भन्दै अनुभवी प्राध्यापक दक्ष कर्मचारी र आधुनिक प्रयोगशाला तथा शिक्षण अस्पतालमा आधारित प्रयोगात्मक अभ्यास्का कारण विद्यार्थीहरुको पहिलो रोजाई बन्न सफल भएको बताईन ।

अर्की पूर्व क्याम्पस प्रमुख प्राडा इन्दिरा सिंहले नर्सिङ पेशा मात्रै नभई सेवाभाव सहानुभूति र मानवीय संवेदनासंग जोडिएको विषय भएको बताउँदै क्याम्पसले सुरु देखि नै सेवामुखी संस्कृतिलाई प्राथमिकता दिदै नर्सिङ शिक्षालाई समाज सेवासंग जोडेर अघि बढाएको बताईन ।

बार्षिकोत्सव समारोहलाई त्रिविका निमित्त उपकुलपति प्राडा सुशीलबहादुर बज्राचार्यले सम्वोधन गर्दै नेपालको नर्सिङ शिक्षाको इतिहाससंग जोडिएको यस क्याम्पसको विकासका लागि विश्वविद्यालय आवश्यक सहयोग गर्ने बताए ।

त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का डीन प्राडा मोहनराज शर्माले नर्सिङ शिक्षाको गुणस्तर अभिबृद्धिसंगै नर्सिङ जनशक्ति र कर्मचारीको बृत्ति विकासमा थप ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा उत्कृष्ठ नर्स तथा योगादानकर्ताहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा नर्सिङ विद्यार्थी तथा शिक्षकहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *