चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. श्रीकृष्ण गिरी नियुक्त

268
Shares

काठमाडौं १२ जेठ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा. श्रीकृष्ण गिरीले पाएका छन् । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै जिम्मेवारी दिएका हुन् ।

‘आज पत्र बुझेँ । जिम्मेवारी सम्हाल्न अफिस आई पुगेको छु । हिजो आयोगको अध्यक्ष रुपमा प्रधानमन्त्री ज्यूबाट निर्णय भएको पत्र म संग छ,’ डा गिरीले नेपाली हेल्थसंग भने ।

यअसघि गत १९ बैशाखमा सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।

डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका उनले ४ वर्षे कार्यकाल पूरा गरी तीन वर्ष अघि मात्रै बाहिरिएका थिए ।

त्यसो त सरकारले रिक्त उपाध्यक्ष पदका लागि दरखास्त आव्हान गरिसकेको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले गत ३० बैशाखमा दरखास्त आव्हान गरेको हो । दरखास्त बुझाउने अन्तिम म्याद १३ जेठ अर्थात भोली सम्मका लागि छ ।

चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढ्यो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *