स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम अब स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

100
Shares
सांकेतिक रुपमा प्रयोग गर्न यो तस्बीर एआईको सहयोगमा तयार पारिएको हो ।

काठमाडौँ, ३० बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम फेरिएको छ । राष्ट्रपति कार्यालयले आज सार्वजनिक गरेको नयाँ सूचनामा यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेकी निशा मेहता अब स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको मन्त्रीको रुपमा प्रस्तुत गरिएको छ ।

मौजुदा मन्त्रिपरिषद्को नाम, नियुक्ती हेरेफेर तथा गठनका लागि प्रधानमन्त्री बालेन्द्र शाहले सिफारिस गरेको सूची अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रालय नाम तथा कार्यविभाजन गरेको हो ।

त्यसो त बुधबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली (२०८३ स्वीकृत गरेसंगै मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको बताइएको थियो ।

प्रधानमन्त्री कार्यालयको सचिवालयले पठाएको मन्त्रालयका नयाँ नामहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाम परिवर्तन भएर स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको रुपमा परिवर्तन भएको उल्लेख थियो । तर राष्ट्रपति कार्यालयबाट आईपुग्दा भने मन्त्रालयको नाम फेरी परिवर्तन भएर आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *