मनसुन जोखिमबिच श्रीलङ्कामा बढ्दै डेंगु संकमण

कोलम्बो, ३० वैशाख । श्रीलङ्कामा चालु वर्षको मे महिनासम्म २७ हजार ७५४ डेंगुका घटना दर्ता भएको जनाउँदै १४ जनाको डेंगु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
उनीहरुका अनुसार श्रीलङ्काका २५ वटा जिल्लामा सङ्क्रमण फैलिएको छ । राष्ट्रिय डेंगु नियन्त्रण एकाईले सन् २०२५ को तुलनामा यस वर्ष हालसम्म पुष्टि भएका सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।
सबैभन्दा धेरै सङ्क्रमण पश्चिमी प्रान्तबाट रिपोर्ट गरिएको छ भने मातारा, गाले, रत्नपुरा, कालुतारा र क्यान्डीमा पनि सन् २०२६ को पहिलो चार महिनामा डेंगु संक्रमणको उच्च रेकर्ड छ ।
राष्ट्रिय डेंगु नियन्त्रण एकाईका सामुदायिक चिकित्सा विशेषज्ञ प्रिसिला समरवीराले स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मनसुनको वर्षा सुरु हुँदा सङ्क्रमण अझै बढ्न सक्नेबताएका छन् ।
विद्यालय, कार्यस्थल, धार्मिक संस्था र सरकारी तथा निजी संस्थामा डेंगुका लामखुट्टेको प्रजनन बढेको अधिकारीहरूले बताएका छन् ।
डेंगु रोकथाममा कडा सार्वजनिक सहयोगको आवश्यकतालाई जोड दिँदै फोहोरको उचित व्यवस्थापनको अभावले संक्रमण दिनानु दिन बढीको जनाइएको छ ।
श्रीलङ्काका नागरिकलाई ज्वरोसँगै मांसपेशी दुख्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता कम्तिमा दुई वटा लक्षण देखा परेमा ढिलाइ नगरी चिकित्सा सहायता लिन सल्लाह दिइएको जनाइएको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

