चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढ्यो

332
Shares

काठमाडौँ, ३० बैशाख । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको छ ।

समितिले चिकित्सा शिक्षा आयोगको ‘उपाध्यक्ष पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न उम्मेदवार छनौट सम्वन्धी कार्यविधि – २०८३’ अनुसार तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिएको उल्लेख गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ बैशाखमा जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३बाट आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झा सहित अन्य पदाधिकारी पदमुक्त भएका थिए ।

समितिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) बमोजिम अयोगको उपाध्यक्ष पदमा नियुक्ती प्रक्रिया अघि बढाएको हो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *