आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम : स्वास्थ्यको विषय के के पर्‍यो ?

काठमाडौं २८ बैशाख। संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

त्यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिवेदनको मस्यौदा राष्ट्रपति पौडेल समक्ष पेश गरेका थिए । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रमको सम्वोधन सम्वन्धी मस्यौदा पारित गर्ने निर्णय गरेको थियो ।

नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यका विषयलाई पनि अघि सारेको छ ।

यी हुन नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य विषयहरु:

  • अटिजम तथा न्युरोडाइभरसिटी भएका बालबालिकाहरुको थेरापी सेवा र विशेष तालीम प्राप्त शिक्षक र शिक्षा सेवाको व्यवस्था मिलाइने छ ।
  • आधारभूत स्वास्थ्य सेवामा न्युनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधी उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गरिनेछ ।
  • स्वास्थ्य सेवालाइ लागतप्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ ।
  • सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या एवं दायरा विस्तार गरिनेछ ।
  • स्वास्थ्य बीमा कार्यक्रमको पुर्नसंरचना गरिनेछ ।
  • टेलि हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलव्ध गराइने छ ।
  • रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल तथा स्वास्थ्य सेवाको गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ ।
  • राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ ।
  • क्यान्सर लगायतका नसर्ने रोग नियन्त्रणका लागि उपचार भन्दा रोकथाम जनचेतना नियमित परीक्षण र जीवन शैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ ।
  • मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अंगको रुपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ ।
  • योग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्ररर्वदन गरिनेछ ।
  • अत्याधुनिक अपांगतापुनस्थापना केन्द्रहरुको स्थापना गरी प्रोस्टेथिक फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरु उपलव्ध गराईनेछ।
  • अपांगताको प्रारम्भिक पहिचान शिघ्र हस्तक्षेप र पुर्नस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसंग आवद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ ।
  • वौदिक अपांगता भएका बालबालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
  • स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ ।
  • आयुर्वेृद प्राकृतिक तथा बैकल्पिक चिकित्सा उपाचार पद्धतीलाई बैज्ञानिक आधारमा संस्थागत गरिनेछ ।
  • नेपाल औषधी लिमिडेटको स्तरउन्नती गरनेछ।
  • स्वदेशी औषधी उत्पादनदनलाई प्रर्वद्धन गरिनेछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *