स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बनिन् सकुन्तला प्रजापति

2.1k
Shares

काठमाडौँ, २४ बैशाख । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सकुन्तला प्रजापतिले पाएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रजापतिलाई विभागको कार्यकारी निर्देशक भूमिका दिएकी हुन् ।

एघारौँ तहकी प्रजापति नर्सिङ समूहकी हुन् ।

उनी गत महिना मात्रै नारायणी अस्पतालबाट सरुवा भई स्वास्थ्य मन्त्रालय आएकी थिईन । मन्त्रालयमा उनलाई पुल दरबन्दीमा राखिएको थियो ।

‘करीव एक महिना देखि म मन्त्रालयको पुल दरबन्दीमा थिएँ । अब मन्त्रालयले बोर्डमा पठायो रे भन्ने सुनेको छु । पत्र भने पाइसकेको छैन । जिम्मेवारी जहाँ भए पनि काम त गर्नै पर्छ,’ उनले छोटो प्रतिक्रिया दिईन ।

स्वास्थ्य बीमा बोर्डमा यसअघि पनि मन्त्रालयका डा कृष्णप्रसाद पौडेल निर्देशक थिए । उनको अहिले गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *