अध्यादेशबाट जोगिएका फार्मेसी परिषद्का रजिष्ट्रार पाण्डेयले दिए राजिनामा

काठमाडौँ, २२ बैशाख । नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले पदबाट राजिनामा दिएका छन् । उनले आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत सो जानकारी गराएका हुन् ।
‘आज र अहिले बाटै म आफुलाइ नेपाल फार्मेसी परिषद्को सम्पुर्ण जिम्मेवारी बाट अलग राख्द्छु,’ उनले फेसबुकमा लेखेका छन् ।
यसअघि गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ ले विभिन्न निकायमा नियुक्ती लिएका १५९४ जना पदाधिकारीलाई पदमुक्त गरेको थियो ।
स्वास्थ्य तर्फ स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य बीमा बोर्डका पदाधिकारी मात्रै होईन नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल नर्सिङ परिषद् लगायतका संस्थाका अध्यक्ष, सदस्य र रजिष्ट्रार समेत पदमुक्त भएका थिए भने फार्मेसी परिषद्को रजिष्ट्रार छाडि अध्यक्ष र सदस्यहरु पदमुक्त भएका थिए ।

‘अध्यादेश पछि पनि मेरो पद किन गएन, त्यो कानूनी र प्राविधिक पाटो होला । । तर अहिले परिस्थिति फेरिएको छ, सरकार फेरिएको छ । यो वेलामा उहाँहरुलाई काम गर्न सहज होस भनेर आफैले मार्गप्रसस्त गर्ने निर्णय लिएको हुँ,’ पाण्डेयले भने ।
उनले स्वास्थ्य मन्त्री निशा मेहता र स्वास्थ्य सचिव डा विकास देवकोटालाई पदबाट अलग भएको जानकारी गराईसकेको बताए ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

