नेपाल चिकित्सक संघको निर्वाचन : आज अन्तिम दिन विहानै देखि काठमाडौँमा मतदान सुरु

काठमाडौँ, १९ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत दोस्रो तथा अन्तिम दिन आज काठमाडौँको प्रज्ञाभवन कमलादी केन्द्रमा मतदान सुरु भएको छ । संघको २०८२-२०८५ कार्यकारिणी समितिका लागि भइरहेको निर्वाचन अन्तर्गत आज विहान ८ बजे देखि अपरान्ह ६ बजेसम्म मतदान जारी रहने बताइएको छ ।
प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले काठमाडौँ उपत्यकामा पहिलो दिन हिजो १ हजार २२३ मत खसेको बताए । आज भने शनिबार भएका कारण मतदान गर्नेको संख्या बढ्ने अनुमान छ ।
निर्वाचन समितिले आज मतदान सकिएपछि मतगणनाको प्रकृयामा प्रवेश गर्ने बताएको छ । निर्वाचन अन्तर्गत उपत्यका बाहिर ४ र ५ बैशाखमा निर्वाचन सम्पन्न भईसकेको छ ।









समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

