नेपाली नागरिकता परित्याग गर्ने थप १९ जना चिकित्सकको नाम काउन्सिलको दर्ता किताव हट्यो (सूची सहित)

456
Shares

काठमाडौँ, १८ बैशाख । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका थप १९ जना चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका उनीहरुको नेपाली चिकित्सकको रुपमा लिएको लाइसेन्स खारेज गरेको हो ।

‘नेपाली नागरिकता त्यागेर विदेशी नागरिक भई सकेपछि नेपाली चिकित्सकको सूचीमा राख्न मिलेन । त्यसैले हामीले काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ र काउन्सिलको निर्णय अनुसार हटाएका हौँ,’ काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले भने, ‘यो निर्णय आज देखि नै लागू हुन्छ ।’

काउन्सिलले एक साता अघि मात्रै पनि नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको यसैगरी नाम दर्ता सूचीबाट हटाएको थियो ।

संयोग नै मान्नु पर्छ काउन्सिलले दर्ता कितावबाट चिकित्सकहरुको नाम हटाएकै दिन  आज  नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) को निर्वाचन काठमाडौँ उपत्यकामा सुरु हुँदैछ ।

गत साता नाम हटाउँदा कतिपय चिकित्सकहरुले विरोध गरेका थिए । काउन्सिलले भने आफ्नो कामलाई नियमितता दिदै नागरिकता परित्याग गर्नेहरुलाई सूचीबाट हटाउने कार्यलाई निरन्तरता दिएको छ ।

हेर्नुहोस काउन्सिलको दर्ता किताबबाट नाम हटाइएका चिकित्सकको सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *