‘अभियन्ता’ले चिकित्सकसंग माफी मागे पछि कर्णाली प्रतिष्ठानको आन्दोलन स्थगित

284
Shares

काठमाडौँ, १० बैशाख । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हिजो भएको घटनाको दुबै पक्ष सहमतिमा आएपछि स्वास्थ्यकर्मी तथा कर्मचारीद्धारा जारी आन्दोलन फिर्ता भएको छ ।

सामाजिक अभियन्ता बताउने केही युवाहरुले डिउटीमा रहेका डाक्टरहरुमाथि अभद्र व्यवहार गरेपछि प्रतिष्ठानका स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीले आज आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।

विहान १० बजे देखि सुरु भएको बार्तामा युवा अभियन्ताहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीसंग माफी माग्दै आइन्दा अभद्र व्यवहार र असुरक्षित महसुस गराउने कार्य कहिल्यै नगर्ने प्रण गरेपछि दिउसो साढे १ बजे तिर सहमतिको बातावरण भएको हो । चिकित्सकहरुले पनि सेवालाई थप चुस्त र दुरुस्त राख्ने गरी काम गर्ने बताएका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतले हिजोको घटनाका दुबै पक्षबीच सहमति भएको भन्दै अवरुद्ध भएको सेवा सुचारु भइसकेको बताए ।

उनले भने, ‘हिजोको घटनामा प्रभावित भएका डाक्टरहरु अमित चौधरी र सरोजबाबु अर्याल साथै अभियन्ताको रुपमा प्रस्तुत भएका उपेन्द्र बुढ थापा, नरेन्द्र बुड थापा लगायतबीच हार्दिकताका साथ सहमति भयो ।’

‘उनीहरुले पनि घटना पछि गल्ती भएको महसुस गर्दै हाम्रा डाक्टरहरु संग माफी मागे, हामीले हाम्रा तर्फबाट सेवामा कुनै कमजोरी वा कठिनाई भएका विषय छन् भने भन्नुहोस भन्यौँ । सेवालाई प्रभावकारी रुपमा अघि बढाउने विषयमा प्रतिवद्धता जनायौँ । चिकित्सकहरुको सुरक्षाको कुरामा पनि युवाहरुले आश्वस्त पारे, हामीले पनि आस्वस्त पारयौँ । त्यसपछि कुरा मिल्यो,’ रजिष्ट्रार महतले भने ।

बार्ताको सहजीकरण गर्न प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा प्रेनित पोखरेल, विवेक पुन मगर लगायतका टोली खटिएको थियो ।

‘अभियन्ता’ले आक्रमणको धम्कि दिएपछि कर्णाली प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *