विश्वका अर्बौँ मानिसले दिनहुँ खाने मुख्य खाना भात

84
Shares

एजेन्सी । नेपालीको विहान बेलुकाको मुख्य खाना के हो ? सोध्यो भने हरेक जसोले दिने जवाफ हो भात । नेपालमा मात्रै होईन विश्वमै धेरैको मुख्य खाना बनेको छ ‘भात’ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वमा ५० हजार भन्दा धेरै खाद्य वनस्पति प्रजातिहरू छन् । तर पनि केवल १५ बालीहरू विश्वको ९० प्रतिशत खाद्य ऊर्जाका स्रोतका रूपमा परिचित छन् । त्यसमा धान, गहुँ र मकै सबैभन्दा बढी हिस्सा ओगट्छन् ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार विश्वमा ५० हजार भन्दा धेरै खाद्य वनस्पति प्रजातिहरू छन् । तर पनि केवल १५ बालीहरू विश्वको ९० प्रतिशत खाद्य ऊर्जाका स्रोतका रूपमा परिचित छन् । त्यसमा धान, गहुँ र मकै सबैभन्दा बढी हिस्सा ओगट्छन् ।

अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (आईआरआरआई) का महानिर्देशक डा. इभान पिन्टोका अनुसार विश्वको जनसङ्ख्याको ५० देखि ५६ प्रतिशत मानिस प्रमुख खाद्य सामग्रीका रूपमा धान चामलमा निर्भर छन् ।

यसको अर्थ झन्डै चार अर्ब मानिसहरूले दिनहुँ आफ्नो प्राथमिक खानाको रूपमा भात खान्छन्।

दक्षिण र दक्षिणपूर्वी एशियाभरि व्यापक रूपमा धान खेती गरिन्छ। अफ्रिकामा यसको माग बढ्दो छ। युरोप र ल्याटिन अमेरिकामा समेत विभिन्न प्रकारका धानहरू पाइन्छन्।

तर विश्वभर आहारमा चामलको प्रभुत्वका कारण विश्वले यसको मूल्य पनि चुकाउँदै गएको छ।

धेरै पानी चाहिने बाली

‘धान निकै पानी खाने वनस्पति हो,’ स्पेनको बहुराष्ट्रिय एब्रो फूड्सको स्वामित्वमा रहेको यूकेस्थित चामल कम्पनी टिल्डाका प्रबन्ध निर्देशक जीन-फिलिप लेबोर्डे भन्छन्। ‘प्रत्येक किलोग्राम चामलका लागि ३,००० देखि ५,००० लिटर पानी खपत भएको हुन्छ, जुन निकै धेरै हो।’

धेरैजसो धानखेती पानी भरिएको खेतमा गरिन्छ। खास गरी दक्षिण र दक्षिणपूर्वी एशियामा यस्तो प्रवृत्ति देखिन्छ। यस्तो विधिले बालीलाई सघाए तापनि कम अक्सिजन हुने वातावरण सिर्जना गर्छ, जसलाई ‘एनरोबिक’ अवस्था भनिन्छ।

‘जब खेतमा पानी भरिन्छ, तब सूक्ष्म जीवहरू फैलिन्छन्, जसले ठूलो मात्रामा मिथेन उत्पादन गर्छन्,’ डा. इभान पिन्टो भन्छन्।

अन्तर्राष्ट्रिय ऊर्जा निकायका अनुसार मिथेन एक कडा हरितगृह ग्यास हो र यो विश्वव्यापी तापक्रम वृद्धिमा झन्डै ३० प्रतिशतले जिम्मेवार छ।

आईआरआरआईको अनुमानअनुसार चामल उत्पादनले विश्वव्यापी कृषि हरितगृह ग्यास उत्सर्जनमा १० प्रतिशत योगदान गर्छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *