प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउन १५ दिन समय थप

92
Shares

काठमाडौँ, १२ माघ । औषधी व्यवस्था विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलव्ध गराउन स्वेदशी उत्पादक तथा पैठारीकर्ताहरुलाई थप १५ दिनको समय दिएको छ ।

यसअघि विभागले १४ पुसमा सूचना जारी गर्दै स्वदेशी उत्पादक तथा पैठाकरीकर्तालाई एक साता भित्र विवरण उपलव्ध गराउन भनेको थियो ।

विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री बितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण सम्वन्धी काम कारवाहीलाई व्यवस्थित गर्न बनेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धि निर्देशिका २०७४ बमोजिम विवरण माग गरेको हो ।

त्यसमा अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डाइग्नोस्टिक, अपरेसन थेटरमा प्रयोग हुने स्वास्थ्य सामग्रीका साथ कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज लगायतका सामग्रीहरु रहेका छन् ।

विभागले आइतबार जारी गरेको सूचनामा गत १४ पुसको सूचना अनुसार अधिकांश स्वदेशी उत्पादक तथा पैठारीकर्ताबाट विवरण उपलव्ध भईसकेको र केही स्वदेशी उत्पादक तथा पैठारीकर्ताले उक्त सूचना प्राप्त नगरेका कारण विवरण अध्यावधिक गर्न नसकेकोले म्याद थप गरिएको भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *