सर्लाहीमा दादुरा संक्रमण, आजबाट खोप दिईदै

60
Shares

काठमाडौँ, १२ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं ३ मा देखिएको दादुरा संक्रमण रोक्न सरकारले आजबाट त्यस क्षेत्रमा दादुराबिरुद्धको खोप दिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसंग समन्वय गर्दै घर घरमा खोजपडताल, निगरानी, जनचेतना तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन सुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखाले आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ संगै २, ४, ८, ९, १० का ६ महिना देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप दिन लागिएको जानकारी दिएको छ ।

त्यस क्षेत्रमा अहिलेसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भएको छ । यस्तै २३ वटा शंकास्पद केस देखिएको छ । तर अहिलेसम्म कसैको मृत्यु भने भएको छैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *