सर्लाहीमा दादुरा संक्रमण, आजबाट खोप दिईदै

36
Shares

काठमाडौँ, १२ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका वडा नं ३ मा देखिएको दादुरा संक्रमण रोक्न सरकारले आजबाट त्यस क्षेत्रमा दादुराबिरुद्धको खोप दिदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय खोप कार्यक्रमले स्थानीय तह र साझेदारसंग समन्वय गर्दै घर घरमा खोजपडताल, निगरानी, जनचेतना तथा आपतकालीन दादुरा खोप अभियान सञ्चालन सुरु गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखाले आजबाट मलङ्गवा नगरपालिका वडा नं ३ संगै २, ४, ८, ९, १० का ६ महिना देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप दिन लागिएको जानकारी दिएको छ ।

त्यस क्षेत्रमा अहिलेसम्म ७ जनामा दादुरा संक्रमण भएको प्रयोगशालाबाट पुष्टि भएको छ । यस्तै २३ वटा शंकास्पद केस देखिएको छ । तर अहिलेसम्म कसैको मृत्यु भने भएको छैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *