नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्धारा साढे ११ हजार बालबालिकाको निशुल्क मुटु परीक्षण

56
Shares

काठमाडौँ, ११ माघ । निशुल्क शिविरमार्फत बालबालिकाको मुटु परीक्षण अभियानलाई निरन्तरता दिई रहेको नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यस पटक गण्डकी प्रदेशका तीन जिल्ला पुगेको छ ।

स्याङ्जा, पर्वत र म्याग्दीमा यसै साता गरिएको शिविरमा ११ हजार ४८७ जना बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

अभियानको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीका अनुसार टोलीले यसपटक तीन जिल्लाका ४६ वटा विद्यालयका स्कुले बालबालिकाहरुको मुटु परीक्षण गरेको छ ।

डा रेग्मीका अनुसार शिविरमा एक हजार १०८ जनाको मुटुको भिडियो परीक्षण गरिएको थियो । त्यस क्रममा ७८ जनाको मुटु रोगको समस्या देखिएको थियो । जसमध्ये ६८ जनाको जन्मजात मुटुरोग र २० जनामा बाथ मुटुरोगको समस्या भएको पाइएको थियो । जाँच गरेका १५ जनामा भने मुटुको शल्यक्रिया गर्नु पर्ने देखिएको थियो ।

उक्त शिविरका लागि काठमाडौँबाट ८ जना मुटुरोग विशेषज्ञहरुको टोली खटिएको थियो । त्यसबाहेक ४ जना प्राविधिक, २ जना केन्द्रीय प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

त्यसरी खटिएको टोलीमा डा रेग्मी सहित डा सत्यनारायण सुवाल, डा प्रेमराज वैद्य, डा रामकिशोर साह, डा उर्मीला शाक्य, डा सुमन्त बन्जाडे, डा पराग कार्की डा विश्व बराल रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *