टेकु अस्पतालको कार्यकारी निर्देशक बने डा. अनुप बाँस्तोला

388
Shares

काठमाडौं, ८ माघ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको कार्यकारी निर्देशक पदमा डा अनुप बाँस्तोलालाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले निर्वाचन आचारसंहिता लाग्नु एक दिन अघि गत ४ माघमा मन्त्रीस्तरीय निर्णय डा बाँस्तोलालाई टेकु अस्पतालको जिम्मेवारी दिएकी हुन् ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले टेकु अस्पतालमा निर्देशक रहेका डा युवानिधि बसौलालाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

कोभिडको समयमा टेकु अस्पतालमा निर्देशक रहेका डा बाँस्तोला त्यसपछि भने विभागका विभिन्न निकायका साथै मन्त्रालयमा लामो समय रहेका थिए ।

‘उहाँको सरुवा सम्वन्धी निर्णय निर्वाचन आचारसंहिता लाग्नु अघि नै जिम्मेवारी दिने निर्णय भएको हो । तर पत्र हिजो बनेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *