दृष्टि विशेषज्ञ दीपककुमार साह महोत्तरी-२, बाट रास्वपाको उम्मेदवार

काठमाडौँ, ६ माघ । आसन्न निवार्चनमा स्वास्थ्य क्षेत्रमा क्रियाशील युवाहरुले उम्मेद्वारी दिने क्रम जारी छ । यसबीचमा दृष्टि विशेषज्ञ दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट महोत्तरी क्षेत्र नं -२ को उम्मेदवार बनेका छन् ।
उनी अहिले आफ्नो उम्मेदवारी मनोनयन गर्न टिम सहित जिल्ला निर्वाचन कार्यालयमा पुगेका छन् ।
त्यसो त महोत्तरी -२ जनता समाजवादी नेपालका शरद सिंह भण्डारीको पकड क्षेत्र हो । उनी त्यस ठाउँबाट १० औँ पटक उम्मेद्धार बन्दैछन् ।
हरेक पटक विजयी हुने र मन्त्री बन्ने भण्डारीसंगै त्यस क्षेत्रमा नेपाली काँग्रेसले किरण यादवलाई टिकट दिएको छ । उनी पूर्व राष्ट्रपति डा. रामवरण यादवकी भजिती हुन् ।
‘ह्यावि वेट’ नेताहरुसंग प्रतिस्पर्धामा उत्रिएका साहले जनताले परिवर्तन चाहेको र त्यसको एक मात्र विकल्प रास्वपा भएको भन्दै आफ्नो जीत निश्चित भएको बताए ।
आँखा उपचारका क्षेत्रमा देश तथा विदेशमा गई ज्ञान बटुलेका साह गत महिना मात्रै नेपाल दृष्टि विशेषज्ञ संघको केन्द्रीय अध्यक्ष पदमा भारी मतका साथ निर्वाचित भएका थिए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 