स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल राप्रपाबाट काठमाडौँ-६ का उम्मेद्वार

132
Shares

काठमाडौँ, ५ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल पनि उम्मेद्वार बन्ने भएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ क्षेत्र नं ६ को उम्मेद्धार बन्नका लागि टिकट दिएको छ ।

भेटुवालले मंगलबार दिउसो दुई बजे निर्वाचन कार्यालयमा गएर उम्मेद्वारी मनोनयन गर्ने बताएका छन् ।

न्युज २४ टेलिभिजन, कान्तिपुर टेलिभिजन हुँदै हाम्रो डक्टर डटकम, स्वास्थ्य डायरी डटकममा आवद्ध भएका उनी स्वास्थ्य पत्रकार मञ्च नेपालको सल्लाहकार समेत हुन् ।

पछिल्लो समय भने उनी राप्रपाको केन्द्रीय सदस्य थिए । आफ्नो नीति योजना र बिचार प्रष्टसंग राख्न सक्ने भेटुवालले संघीय गणतन्त्र, धर्म निरपेक्षता लगायतका विषयमा खरो ढंगले फरक मत राख्दै आएका छन् । उनी भन्छन्, ‘मानिसहरुले फरक विचार राखिरहेका विषयहरु संघीय गणतन्त्र, धर्म निरपेक्षता लगायतका विषयहरुको वकालत गर्ने दल राप्रपा हो, त्यसैले हाम्रो जीत निश्चित छ ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *