स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल राप्रपाबाट काठमाडौँ-६ का उम्मेद्वार

काठमाडौँ, ५ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा स्वास्थ्य पत्रकार उद्धवराज भेटुवाल पनि उम्मेद्वार बन्ने भएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ क्षेत्र नं ६ को उम्मेद्धार बन्नका लागि टिकट दिएको छ ।
भेटुवालले मंगलबार दिउसो दुई बजे निर्वाचन कार्यालयमा गएर उम्मेद्वारी मनोनयन गर्ने बताएका छन् ।
न्युज २४ टेलिभिजन, कान्तिपुर टेलिभिजन हुँदै हाम्रो डक्टर डटकम, स्वास्थ्य डायरी डटकममा आवद्ध भएका उनी स्वास्थ्य पत्रकार मञ्च नेपालको सल्लाहकार समेत हुन् ।
पछिल्लो समय भने उनी राप्रपाको केन्द्रीय सदस्य थिए । आफ्नो नीति योजना र बिचार प्रष्टसंग राख्न सक्ने भेटुवालले संघीय गणतन्त्र, धर्म निरपेक्षता लगायतका विषयमा खरो ढंगले फरक मत राख्दै आएका छन् । उनी भन्छन्, ‘मानिसहरुले फरक विचार राखिरहेका विषयहरु संघीय गणतन्त्र, धर्म निरपेक्षता लगायतका विषयहरुको वकालत गर्ने दल राप्रपा हो, त्यसैले हाम्रो जीत निश्चित छ ।’
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 