मेडिकल व्यवसायी सुनिलकुमार शर्मा मोरङ-३ मा काँग्रेसको तर्फबाट उम्मेद्वार बन्दै

काठमाडौं, ५ माघ । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि मेडिकल व्यवसायी सुनिलकुमार शर्मा नेपाली काँग्रेसको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा उम्मेद्वार हुने भएका छन्। उनी २०७९ सालको निर्वाचनमा पनि कांग्रेसको तर्फबाट सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजका सञ्चालक शर्मा पछिल्ला केही वर्ष देखि राजनीतिमा सक्रिय छन् ।

आसन्न निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा उम्मेद्वार बन्न शर्माको नाम पार्टीका तल्ला तहबाट एकल रूपमा सिफारिस भएर आएको थियो। टिकट पाएपछि शर्मा मोरङ प्रस्थान गरेका हुन् । निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।

त्यसो त शर्मा यअसघि पार्टीका नेता शेखर कोइरालानिकट देखिन्थे । तर पछिल्लो समय उनी पार्टी सभापति गगन थापासंग पनि उत्तिकै नजिक छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *