वीर अस्पतालको आकस्मिक कक्ष ५५ शैय्याको बन्यो, अझ २० शैय्या थपिदै

404
Shares

काठमाडौँ, ४ माघ । वीर अस्पतालले आकस्मिक कक्ष विस्तार गरेको छ । यसअघि ३५ शैय्यामा रहेको आकस्मिक कक्ष आजबाट ५५ शैय्यामा सञ्चालनमा आएको छ ।

अस्पताल प्रशासनले केही समय पछि त्यसमा थप २० शैय्या थपिने जनाएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले वीरमा सधै अभाव जस्तो देखिने आकस्मिक कक्षलाई बिस्तार गरेर आजबाट ५५ शैय्यामा पुर्‍याएको बताए । उनले केही दिनमै थप २० शैय्या सञ्चालनमा आउने समेत जानकारी दिए ।

अस्पतालले अहिलेको आकस्मिक कक्ष भएको लाइनको पश्चिम पट्टीको भागलाई मर्मत सम्भार तथा पुर्न निर्माण गरी ५५ शैय्यामा विस्तार गरेको हो । अहिले आकस्मिक कक्ष रहेको ठाउँलाई समेत पुर्न निर्माण गरि २० शैय्या थप गर्ने योजनामा अस्पताल लागेको छ । यो थपिएपछि अस्पतालको आकस्मिक कक्ष ७५ शैय्याको हुनेछ ।

अस्पतालका निर्देशक डा. दिलिप शर्माले आकस्मिक कक्ष विस्तार तथा बिरामीलाई खाना पकाउने कक्षको समेत तयार गर्ने परियोजना करिब ७ करोड रुपैयाँको भएको बताए । उनले स्वास्थ्य मन्त्रालय र वीर अस्पतालको आन्तरिक स्रोतबाट रकम उपलव्ध गराइएको बताए ।

उनले यसबाट गरीव तथा विपन्न बिरामीहरुका लागि थप गुणस्तरीय सेवाका लागि सहजता प्रदान हुने बताए । उनले शैय्या थपिएपछि जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले चिकित्सक , नर्स तथा प्यारामेडिक्सको दरवन्दीको व्यवस्था गर्ने आशा व्यक्त गरे ।

आम नागरिकको पहिलो रोजाई बनेको वीरको आकस्मिक कक्षमा शैय्या अभाव हुँदा बिरामीहरुलाई सहज उपचार पाउन गाह्रो भइरहेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *