दुई बुँदे माग अघि सार्दै स्वास्थ्यकर्मी उपाध्याय तीन दिन देखि आमरण अनसनमा, जिम्मेवार निकाय मौन

108
Shares

काठमाडौँ, ३ माघ । स्वास्थ्य व्यवसायी परिषद्मा दर्तावाल स्वास्थ्यकर्मीहरुको पाँचवटा पेशागत संगठनले दुई बुँदे माग अघि सार्दै सिफल चौरमा आमरण अनसन सुरु गरेको आज तेस्रो दिन भएको छ । तर अहिलेसम्म मागका विषयमा जिम्मेवार पक्ष मौन देखिएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४(२) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग विगतमा भएको सहमति कार्यान्वयनका लागि भनेर सुरु गरिएको आमरण अनसनमा नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्याय बसेका छन् ।

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघ नेपालले गठन गरेको संयुक्त संघर्ष समितिका तर्फबाट उपाध्याय अनसन बसेका हुन् ।

संघर्ष समितिको तर्फबाट अघि सारिएको दुई बुँदे मागको पहिलो बुँदामा परिषद्मा दर्तावाल स्वास्थ्यकर्मीहरुको विधा र संख्यात्मक आधारमा पेशागत संघ संगठनको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने रहेको छ । यस्तै दोस्रो बुँदामा स्वास्थ्यकर्मी तथा नर्सहरुको लागि सहमति अनुसारको तलव भत्ता लागू गर्ने भन्ने राखिएको छ ।

समितिले यी दुई मागमा सहमति नहुँदासम्म अनसन निरन्तर चल्ने जनाएको छ ।

यसैबीच नेपाल चिकित्सक संघले संयुक्त संघर्ष समितिले राखेको माग र सुरु गरेको आमरण अनसनप्रति ऐकेवद्धद्धता जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *