डब्लुएचओ बोर्ड बैठकमा सहभागी हुन स्वास्थ्य सचिव डा. देवकोटा जेनेभा जाने

काठमाडौँ, ३० पुस । सरकारले आगामी १९ देखि २४ माघसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को १५९ औँ ‘सिजन अफ द एक्जुकेटिभ बोर्ड’मा सहभागी हुन स्वास्थ्य सचिव डा. विकास देवकोटालाई पठाउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव डा देवकोटाको जेनेभा भ्रमणका लागि स्विकृति समेत प्रदान गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गत २८ पुसको मन्त्रिपरिषद्ले गरेका १९ वटा निर्णय सार्वजनिक गर्ने क्रममा सचिव डा. देवकोटाको जेनेभा बैठकको विषय समेत उल्लेख गरेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




