ईडीसीडीका निर्देशक रहेका डा. चन्द्रभाल झाको पनि सरुवा

4.3k
Shares

काठमाडौँ, १९ कात्तिक । स्वास्थ्य सेवाका एघारौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर गर्ने क्रम सुरु गरेकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार नयाँ तथा पुराना केही अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेकी छन् ।

सोही सूचीमा परेका छन् स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झा पनि।

उनलाई ईडीसीडीको निर्देशक रहेका उनलाई सरुवा गरि कोशी अस्पतालमा खटाइएको छ ।

कोशीको निर्देशक डा. रुणा झा छिन् । उनलाई त्यहाँ आफ्नो विज्ञताको रुपमा उपचार सेवामा केन्द्रीत हुने जिम्मेवारी दिएर पठाइएको छ ।

‘अस्पताल निर्देशक होईन, त्यहाँ अब डाक्टरको रुपमा सेवा दिने गरी जाने हो,’ डा. झाले स्पष्ट पारे ।

तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत २८ फागुनका दिन मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई ईडीसीडीको निर्देशक पदमा ल्याएका थिए ।

डा. झाको कोशीमा सरुवा भए पनि ईडीसीडीमा निर्देशक बनाएर कसैलाई जिम्मेवारी दिइएको छैन ।

मन्त्री डा. शर्माले मंगलबार नै मन्त्रीस्तरीय निर्णय मार्फत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा डा. मदनकुमार उपाध्याय, व्यवस्थापन महाशाखामा केशवराज पण्डित, उपचारात्मक सेवा महाशाखामा डा. पवनजंग रायमाझी, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा डा. राधिका थपलियालाई पठाउने र मन्त्रालयमा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ल्याउने निर्णय गरेकी थिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *