नेपाल मेडिकल काउन्सिलमा रिक्त रहेको पाँच सदस्य पदमा नियुक्ती

3.0k
Shares

काठमाडौँ, ७ फागुन । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपाल मेडिकल काउन्सिलमा लामो समय देखि रिक्त रहेको पाँच जना सदस्य नियुक्त गरेका छन् । गत सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले रिक्त पाँच जना सदस्य नियुक्त गरेका हुन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार सदस्यमा नियुक्त हुनेहरुमा प्राडा मनोज हुमागाईँ (काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिन डीन) प्राडा आनन्द शर्मा(बीपी नेत्र विज्ञान संस्थान) प्राडा पलेश्वाँ जोशी (त्रिवि आईओएम), डा सन्तोषमान राजभण्डारी (डेन्टल) र उपभोक्ताबाट रामेश्वर अधिकारी रहेका छन् ।

यसअघि स्वास्थ्य मन्त्रालयको सिफारिसका काउन्सिलका पदाधिकारी र सदस्यहरु मन्त्रिपरिषद्ले नियुक्त गर्दै आएको थियो । तर, नेपाल सरकारको कार्यसम्पादन नियमावलीको आठौं संशोधनले पूर्णकालीन काम गर्ने पदाधिकारी बाहेकको नियुक्त सम्बन्धित मन्त्री गर्ने व्यवस्था गरेअनुरुप मन्त्री पौडेलले मेडिकल काउन्सिलका रिक्त पाँच सदस्य नियुक्त गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *