बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

124
Shares

पोखरा, २८ पुस । गण्डकी आयुर्वेद अस्पताल, कास्कीको आयोजनामा शनिबार पोखरा महानगरपालिका वडा नं. २८ को कालिका स्वास्थ्य चौकीमा बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका २८ नं वडाको आयोजनामा भएको सो शिविरमा महानगरपालिकाको स्वास्थ्य महाशाखा, कालिका स्वास्थ्य चौकी, माझठाना स्वास्थ्य चौकीको समन्यव रहेको थियो ।

कुल ४२२ जनाले सेवा लिएको शिविरमा १०५ जनाको निःशुल्क सुगर र पिसाव परीक्षण साथै ३७ जनाको एकांग स्नेहन स्वेदन एवं २० जनालाई कपिंग सेवा पनि प्रदान गरिएको थियो।

यस्तै शिविरमा हाडजोर्नी रोग सम्बन्धि सेवा अन्तर्गत घुँडा र जोर्नीको समस्या, बाथ युरिक एसिड, नशा रोग सम्बन्धि सेवा अन्तर्गत प्यारालाइसिस, नशा च्यापिएको, हाड जोर्नी झमझमाउने, साइटिका, पायल्स, फिसर, फिस्टुला अन्तर्गत, दिसा गर्दा रगत आउने, पिप आउने, मलद्वार च्यातिएको, दिसा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो ।

यसैगरी नाक, कान, घाँटी रोग सम्बन्धिस् नाकमा मासु पलाएको, हड्डी बाङ्गिएको, टाउको दुखिरहने, पिनास, माइग्रेन, नाकको एलर्जी, स्त्री तथा प्रसुतीरोग सम्बन्धि सेवा अन्तर्गत सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, बाँझोपना, पेट तथा छाति रोग सम्बन्धिस् ग्याष्ट्रिक, कब्जियत, अल्सर, दम, खोकी, निमोनिया र पिसाब रोग सम्बन्धि सेवा अन्तर्गत मिर्गौला प्रोस्टेट, एवं पिसाब नली सम्बन्धि जाँच भएको थियो ।

शिविरका लागि गण्डकी आयुर्वेद अस्पताल प्रमुख डा शंकर गौतमको नेतृत्वमा चिकित्सकीय टोली खटिएको थियो । सो टोलीमा डा दीक्षा पौडेल, डा नरेन्द्र लामिछाने, डा किरण कमल बस्ताकोटी, डा अनिल थापा, डा. शुभाष भुजेल, डा बिपिन बन्धु आचार्य रहेका थिए ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गरेको शिविरको उद्घाटन सत्रको अध्यक्षता २८ नंका वडाध्यक्ष श्रीकृष्ण लामिछानेले गरेका थिए । सो कार्यक्रममा जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेल, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेश कुमार केसी, पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्मा, क्षयरोग उपचार केन्द्र, पोखराका निमित्त निर्देशक डा सुनिल गौतम लगायतको उपस्थिति थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *