राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल त्रिवि शिक्षण अस्पतालमा भर्ना, आजै प्रोष्टेटको शल्यक्रिया हुँदै

काठमाडौँ, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार (आज) बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
अस्पताल स्रोतका अनुसार आजै राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया हुँदैछ ।
यता त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा। धनश्याम गुरुङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
