स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त

काठमाडौं, १४ साउन। सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले गत ८ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै डा प्याकुरेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेकी हुन् ।
तर, बीचमा डा गोविन्द केसीको अनसन, वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक माथि कुटपिट हुने घटना र त्यसपछि चिकित्सकहरुको आन्दोलनका कारण उनको सपथग्रहण कार्यक्रम रोकिएको थियो ।
हिजो चिकित्सकहरुसंग सहमति भएपछि मन्त्री मेहताले आज विहानै बोर्डका नव नियुक्त अध्यक्षलाई बोलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
डा. प्याकुरेल स्वास्थ्य बीमा क्षेत्रका अनुभवी विज्ञ हुन् । उनले लामो समयदेखि स्वास्थ्य बीमा नीति, व्यवस्थापन र सुधारका विषयमा सक्रिय रूपमा योगदान दिँदै आएका छन्।
स्वास्थ्य बीमा बोर्डको अध्यक्षका रूपमा नियुक्त भएपछि उनले स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।
उनले केही वेर अघि स्वास्थ्य बीमा बोर्डमा पुगेर पदवहाली गरिसकेका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
