यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य चार निर्णय

424
Shares

काठमाडौँ, १३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य ४ वटा निर्णय गरेको छ । बैठक पछि सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले ती मुख्य निर्णयहरु सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेका निर्णयहरु यस प्रकार छन् ।

१. देहाय बमोजिमका विधेयकहरूलाई संघीय संसद्‌मा पेश गर्नका लागि स्वीकृति दिने

–संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

–खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

–संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

–मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

–बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

–आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

–मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

–कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने ।

३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल सिन्धुलीलाई मनोनयन गर्ने ।

४. प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *