स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गर्दै प्रसूतिगृह अस्पताल

16
Shares

काठमाडौँ, ८ साउन । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ शिशु प्रतिस्पर्धा’ आयोजना गर्ने भएको छ ।

अस्पतालमा जन्मिएका नवजात शिशुदेखि १ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिता सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।

शुक्रबार अस्पतालद्वारा जारी सूचनाअनुसार प्रतियोगिता भदौ ११ गते बिहीबार बिहान ९ बजे अस्पताल परिसरमा आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक अभिभावकले भदौ ८ गते दिउँसो २ बजेसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ ।

फाराम शुल्क १०० निर्धारण गरिएको छ, जुन अस्पतालको नगद काउन्टरमा बुझाउनुपर्नेछ। फाराम ब्लक ‘ई’ (तेस्रो तल्ला) स्थित बालरोग ओपीडी तथा ब्लक ‘सी’ को हेल्प डेस्कबाट प्राप्त गर्न सकिनेछ।

प्रतियोगितालाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा जन्मदेखि ४५ दिनसम्मका शिशु, समूह ‘बी’ मा ४६ दिनदेखि ६ महिनासम्मका शिशु तथा समूह ‘सी’ मा ६ महिना १ दिनदेखि १ वर्षसम्मका बालबालिका सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट ठहरिएका शिशुहरूलाई भदौ १९ गते कृष्ण जन्माष्टमीका अवसरमा आयोजना हुने अस्पतालको वार्षिकोत्सव समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले प्रतियोगितासम्बन्धी थप जानकारीका लागि प्रशासन शाखामा सम्पर्क गर्न अभिभावकलाई अनुरोध गरेको छ । अस्पतालले यस्तो प्रतिस्पर्धा हरेक वर्ष गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *