स्कुलको क्यान्टिनमा आगलागीमा परेकी पाल्पाकी छात्राको कीर्तिपुर अस्पतालमा उपचार हुँदै, अवस्था गम्भीर

52
Shares

काठमाडौँ, ८ साउन । पाल्पाको तानसेनमा रहेको मिलेनियम सेकेण्डरी स्कुलको क्यान्टिनमा खाजा पकाउने क्रममा ग्यासको पाइप फुस्किएर आगलागीमा परेकी ८ वर्षीया छात्रा सजुदा बानुको उपचार अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।

उपचारमा सम्लग्न चिकित्सकहरुको अनुसार उनको शरीरको ४५ प्रतिशत जलेको छ । चिकित्सकहरुले अवस्था गम्भीर रहेको बताएका छन् ।

अस्पतालका निर्देशक डा किरण नकर्मीले ती बालिकाको शरीरको ४५ प्रतिशत बढी भाग जलेको बताए । ‘गहिरोसंग जलेको छ । अवस्था गम्भीर छ,’ छोटो प्रतिक्रिया दिदै उनले भने ।

हिजो दिउसो दुर्घटनामा परेपछि उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भएको थियो । पछि थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।

स्कुलको क्यान्टिनमा खाजा खाइरहेका बेला नजिकै रहेको खाना पकाउने ग्यासको पाइप फुस्किएपछि आगो फैलिएको बताइएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *