सुदूरपश्चिमको ‘नयाँ विश्वविद्यालय’ निरीक्षणमा सांसद खनाल

16
Shares

कैलाली, ३ साउन । कैलालीका सांसद केपी खनाल गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको भौतिक पूर्वाधारको निरीक्षणमा पुगेका छन् ।

यसै शैक्षिक सत्र देखि एमबीबीएस अध्यापन सञ्चालनको योजना बनिरहेको विश्वविद्यालयको पूर्वाधार निरीक्षणका क्रममा खनालसंग उपकुलपति प्राडा सुनीलकुमार जोशी र रजिष्ट्रार डा भीम चन्द संगै थिए ।

निरीक्षण पछि सामाजिक सञ्जाल फेसबुकमा सांसद खनालले ‘प्रक्रियाका सबै कुरा समय मै भए हामीले यो बर्षमै मेडिकल अध्ययन सुरु हुनेछ,’ भनेर लेखेका छन् । त्यसअघि उनले ‘सुदुर अब दुर नाई : सुदुरपश्चिमको भूमिमा अब एप्रोन लगाउदै एमबीबीएस पढाई सुरु हुने दिन आउँदैछ,’ भनेर समेत उल्लेख गरेका छन ।

सरकारले गत साता मात्रै खुल्ला प्रतिस्पर्धाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा प्राडा जोशी र रजिष्ट्रारमा डा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको थियो । उनीहरुले गेटा पुगेर जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *