‘स्वास्थ्यको संगठन संरचना र दरबन्दीको विषयमा कुनै निर्णय भएको छैन’

272
Shares

काठमाडौँ, १ साउन । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेका महत्वपूर्ण सात वटा निर्णय सुनाउने क्रममा सूचना तथा सञ्चार मन्त्री डा बिक्रम तिमल्सिनाले ५ औँ नम्बर बुँदामा ‘विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने निर्णय भएको’ बताएका थिए ।

यस पछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारिएको प्रस्तावित संगठन संरचना (ओएनएम) पनि परेको अनुमान गरिएको थियो ।

तर, शुक्रबार स्वास्थ्य मन्त्रीको सचिवालयले सो बिहीबारको निर्णयमा स्वास्थ्यको ओएनएम नपरेको दावी गरेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयकी एक सदस्य अन्शु खनालले स्वास्थ्यको ओएनएमको विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको बताईन ।

‘जसरी मिडिया र सामाजिक सञ्जालमा स्वास्थ्यको ओएनएमको विषयमा टिका टिप्पणीहरु भइरहेको छ, प्रस्ताव भनेर जे आई रहेको छ । त्यसमा सत्यता छैन । हामी छलफलकै चरणमा छौँ । फाइनल ड्राफ्ट अझै भईसकेको छैन । फाइनल गरेपछि मात्रै ड्राफ्ट मन्त्रिपरिषद्मा पठाउने हो । त्यो गएको छैन,’ उनले भनिन् ।

यसअघि स्वास्थ्यको नयाँ ओएनएममा अतिरिक्त स्वास्थ्य सचिवको दरबन्दी काटिएको, महाशाखाहरु पनि कटौती गरिएको भन्दै टिप्पणी सुरु भएको थियो ।

मन्त्रालयका अधिकारीहरुले यसअघिको छलफलमा विभिन्न प्रस्तावहरु उठिरहेको भन्दै निर्णय नै भएको भए त्यसमा कुन कुन समेटियो र कुन कुन काटियो भन्ने विषयमा आफूहरुलाई जानकारी आई नसकेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *