बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नव नियुक्त उपकुलपति प्राडा स्मृति कार्कीद्वारा पदभार ग्रहण

24
Shares

धरान, ३० असार । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्राडा स्मृति कार्कीले सोमबार धरान पुगेर पदभार सम्हालेकी छन् । प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले गत २४ असारका दिन रिक्त छ वटा प्रतिष्ठानका उपकुलपतिको नियुक्ती गर्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा कार्की नियुक्त भएकी थिईन् ।

प्राडा कार्की यसअघि प्रतिष्ठानमै प्याथोलोजी विभागमा प्रमुख थिईन । उनले प्रतिष्ठानबाट नै प्याथोलोजी विषयमा स्नातकोत्तर (एमडी) गरेकी थिईन । यसअघि उनी प्रतिष्ठानको कार्यकारिणी समिति सदस्य समेत रहेकी थिईन ।

सोमबार पदवहालीका लागि प्रतिष्ठान पुग्दा निमित्त कार्यलय प्रमुख तथा डेपुटी अस्पताल निर्देशक, डीन, सहायक अस्पताल निर्देशकहरु, प्रवक्ता/ सह-प्रवक्ताहरु, प्रतिष्ठानका स्कुल/कलेजका चिफहरु, विभागीय प्रमुखहरु, मेट्रोनहरुको उपस्थिति थियो ।


यसअघि सरकारले गत १९ बैशाखमा विभिन्न सरकारी संस्थाहरु, विश्वविद्यालयहरु, प्रतिष्ठानहरु आदिका पदाधिकारीहरु पदमुक्त हुने गरी अध्यादेश ल्याएपछि त्यसबेलासम्म प्रतिष्ठानका उपकुलपति रहेका प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्मा,  रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद पदमुक्त भएका थिए । त्यसपछि उपकुलपति पदका लागि दरखास्त आव्हान गरिएको थियो । सो क्रममा १६ जना चिकित्सक/प्राध्यापकहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धाबाट सात जना छनौट हुदै अन्त्यमा प्रा.डा. कार्की प्रतिष्ठानको उपकुलपतिमा छनोट हुन सफल भएकी हुन् ।

उपकुलपतिको नियुक्तिको प्रकृया हु“दै गर्दा प्रतिष्ठानको गतिविधिलाई सुचारु राख्न सरकारले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. इन्द्र लिम्बूलाई सम्पूर्ण आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त कार्यलय प्रमुखको जिम्मेवारी दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *