अन्नपूर्ण न्युरोमा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कको ट्युमर झिकियो

अस्पतालमा अझै केही दिन रहने
32
Shares

काठमाडौँ, २९ असार । माईतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमरको शल्यक्रिया भएको छ ।

गत २३ असारमा बरिष्ठ न्युरो सर्जन डा बसन्त पन्त, डा सुदन ढकाल, डा नविन पन्थी, डा शम्भुबहादुर कार्की (एनेस्थेसिया विभाग) तथा आइषा रेग्मी नर्सिङ विभागको नेतृत्वमा शल्यक्रिया सम्पन्न भएको हो ।

शल्यक्रिया भएको झण्डै एक साता पछि अस्पतालद्धारा आज जारी विज्ञप्तीमा निरौलाको ट्युमर पूर्ण रुपमा निकाल्न सकिएको र शल्यक्रिया पछि कुनै समस्या नदेखिएको उल्लेख छ । अस्पतालले अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको समेत जानकारी गराएको छ ।

अस्पतालले निरौलालाई अझै केही दिन अस्पतालमै राखी विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानी तथा आवश्यक उपचार प्रदान गरिने जनाएको छ ।

अहिलेसम्म ट्युमरको किसिम र यसपछि थप गर्नुपर्ने उपचारको सम्वन्धमा केही उल्लेख नगरेको अस्पतालले त्यसबारेमा परिवारजनलाई अवगत गराउँदै जाने उल्लेख छ ।

यसैगरी अस्पतालले आफ्नो स्वास्थ्य उपचारका लागि स्वदेशकै अस्पताल रोजेको भन्दै निरौला प्रति आभार व्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *