स्वास्थ्यका तीन जना एघारौँ तहका डाक्टरको जिम्मेवारी हेरफेर, कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा कीर्तिपाल सुवेदीलाई

764
Shares

काठमाडौँ, २२ असार । कोशी प्रदेश स्वास्थ्यको स्वास्थ्य सचिवको जिम्मेवारी डा. कीर्तिपाल सुवेदीलाई दिइएको छ ।

गत १८ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले एघारौँ तहका १५ जना अधिकृतको जिम्मेवारी हेरफेर गर्ने निर्णय गर्दा सुवेदीलाई कोशी प्रदेशमा सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेर डा सुवेदी हाल गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए ।
कोशीमा स्वास्थ्य सचिव रहेका डा यदुचन्द्र घिमिरेलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

यस्तै मधेश प्रदेश अन्तर्गत मुख्य मन्त्री कार्यालय अन्तर्गत रहेर काम गरेका आयुर्वेद समूहका डा रामआधार यादवलाई पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत रहेर काम गर्ने गरी फिर्ता गरेको भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *