रिक्त सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त (विवरण सहित)

1.2k
Shares

काठमाडौँ, १९ असार । सरकारले रिक्त सात वटा विश्वविद्यालयमा उपकुलपति पदमा नियुक्ती गरेको छ । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् ।

प्राप्त विवरण अनुसार त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल उपकुलपति बनेका छन् ।

यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा डा सुजनबाबु मरहट्टा नियुक्त भएका हुन् ।

उनीहरुलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *