बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त डा सिंहले लिए गोपनियताको शपथ
काठमाडौँ, १९ असार । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त प्राडा योगेन्द्रप्रसाद सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सिंहदरबारमा पुगेर उनले आजै सपथ लिएका हुन् ।
यसअघि गत १५ असारमा मन्त्री मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै अध्यक्षका लागि प्रस्तिस्पर्धामा रहेका तीन जनामध्येबाट डा सिंहलाई नियुक्त गरेकी थिईन । छनोट समितिले भने डा सिंहसहित , डा. अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् । पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेको बताएका छन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

